प्रधानमन्त्रीलाई बुझाए रास्वपाका मन्त्रीले राजीनामा

काठमाडाैं | माघ २२, २०७९

प्रधानमन्त्रीलाई बुझाए रास्वपाका मन्त्रीले राजीनामा

काठमाडौं:   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले राजीनामा बुझाएका छन् । आज बेलुकी प्रधानमन्त्री निवास बालुवाटार पुगेर रास्वपाका तीन मन्त्रीले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् ।


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा। तोसिमा कार्कीले राजीनामा बुझाएका हुन् ।


यसअघि आजै दिउँसो बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । तर बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन भने यथावत् नै राख्ने भएको छ ।

सङ्खुवासभा:  सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् ।   चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १&n...

थप पढ्नुहोस्

पोखरा:   १४ औं पोखरा महोत्सव सभ्य र भब्यताका साथ सम्पन्न भएको छ । गत पुष २९ देखि माघको ११ गते सम्म आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । समापन समा...

थप पढ्नुहोस्

काठमाडौंः  आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । आज राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि निर्वाचन भएको थियो । कहाँ को विजयी भए हेर्नुहो...

थप पढ्नुहोस्